नागरिकलाई निराश बनाएर राज्य सफल हुन सक्दैन : राष्ट्रपति

हिमाल प्रेस ३ असोज २०८३ १७:२५ | Saturday, September 19, 2026
नागरिकलाई निराश बनाएर राज्य सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनमा जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने भन्दै नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका हुन्।

उहाले संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिए। उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे।

सरकार जनताको मालिक नभई ‘सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै उनले कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महसुस गर्न नपर्ने वातावरण बनाउनुपर्ने बताए।

संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न तीनै तहका सरकारलाई उनले आग्रह गरे। राष्ट्रपति पौडेलले राजनीतिक दल तथा नेतृत्वले असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कार बसाल्नुपर्ने बताए।

संविधानलाई केवल भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्न र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण तथा परिणाममुखी बनाउन उनले आह्वान गरे। उनले प्राकृतिक विपत्तिपछि पुनर्निर्माण गर्दा भत्किएका भौतिक संरचना मात्र नभई विस्थापित परिवारका सपनाहरू फर्काउनुपनेमा जोड दिए।

प्रकाशित: ३ असोज २०८३ १७:२५ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast