प्रधानमन्त्रीसँग जेनजी सांसदहरूको के भयो कुराकानी?

हिमाल प्रेस २ असोज २०८३ १६:०४ | Friday, September 18, 2026
प्रधानमन्त्रीसँग जेनजी सांसदहरूको के भयो कुराकानी?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी समूहका सांसदहरूसँगको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे।

यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्यागन सुझाव दिए।

शाहले राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालीनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे।

अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक ढंगबाट लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वेदशमै अवसर सिर्जना गर्ने कार्यमा जुट््ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २ असोज २०८३ १६:०४ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast