विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्न सरकारले माग्यो प्रस्ताव

हिमाल प्रेस १ असोज २०८३ १५:४८ | Thursday, September 17, 2026
विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्न सरकारले माग्यो प्रस्ताव

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले देशभरका विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई पत्राचार गर्दै प्रस्ताव मागेको हो।

मन्त्रालयका अनुसार अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन र उद्यमशीलतालाई राष्ट्रिय विकासको प्राथमिकतासँग जोड्दै विश्वविद्यालयमा रहेको ज्ञान, अनुसन्धान क्षमता, प्राविधिक जनशक्ति र प्रयोगशालाको प्रभावकारी उपयोग गर्ने उद्देश्यले नवप्रवर्तन केन्द्र स्थापना गर्न लागिएको हो।

नवप्रवर्तन केन्द्रले विश्वविद्यालयभित्र विकसित अनुसन्धान र प्रविधिलाई प्रयोगात्मक विकास, प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, स्टार्टअप प्रवर्द्धन तथा उद्यमशीलता विकासमार्फत बजारसँग जोड्ने वातावरण तयार गर्ने अपेक्षा गरिएको पत्रमा उल्लेख छ।

मन्त्रालयले विश्वविद्यालयको विद्यमान अवस्था, क्षमता र भावी कार्ययोजनासहित नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव असोज १० गतेभित्र मन्त्रालयमा पेस गर्न अनुरोध गरेको छ।

भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार कार्यान्वयनका लागि पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ असोज २०८३ १५:४८ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast