काठमाडौँ- जैविक विविधता र पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्न गइरहेको छ।
अभियानअन्तर्गत सेनाले सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण र लोत्सेको सफाई गर्नेछ।
सूर्य नेपाल प्रालिले अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल’सँग साझेदारी गरी १ करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट नेपालबीच त्रिपक्षीय सम्झौता भएको हो।
प्रकाशित: २६ माघ २०७९ १२:०३
प्रतिक्रिया