काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अंकले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अंकले घटेर १७९ दशमलव ६३ मा पुगेको छ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अंकले घटेर १५६ दशमलव ५८ मा पुगेको छ।
विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ। सबै उपसमूह नकारात्मक रहेको छ। ४२ कम्पनीको शेयर बढ्यो भने २२५ कम्पनीको शेयर घट्यो। त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायत लगानीकर्ताले कमाएका छन्। त्यसैगरी एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी, नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले गुमाएका छन्।


