कृष्णभीर सडक परीक्षण : दुवैतर्फ सवारी पास

हिमाल प्रेस २८ भदौ २०८३ १७:५० | Sunday, September 13, 2026
कृष्णभीर सडक परीक्षण : दुवैतर्फ सवारी पास

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण कृष्णभीर सडक भासिएपछि अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा ल्याउन काम भइरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कृष्णभीर सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा आइतबार काठमाडौँ-चितवनतर्फ बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।

चितवन-काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको मन्त्रालयले जनाएको छ।

सडकको अवस्था परीक्षण गर्दै क्रमशः सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।

सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी रहेको मन्त्रालयले जनाएको छ।

भदौ १० गते आएको भीषण बाढीले नदी आसपासका सडक संरचनामा क्षति पुर्‍याएपछि यातायात प्रभावित भएको थियो।

प्रकाशित: २८ भदौ २०८३ १७:५० | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast