BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस हारेर ब्याटिङको निम्तो पाएका छन्।
खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा छन्।
नेपालको टिममा आज एक फेरबदल छ। नेपालका ओपनर अर्जुन कुमाललाई बिश्राम दिँदा अलराउन्डर बसिर अहमदले अवसर पाएका छन्।
नेपाली टिम
सन्दीप लामिछाने, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह एरी, शेर मल्ल, गुल्सन झा, देव खनाल, इसान पाण्डे, आसिफ शेख, ललित राजवंशी, करण केसी, बसिर अहमद
प्रकाशित: २५ भदौ २०८३ ७:११ | Thursday, September 10, 2026
प्रतिक्रिया


