कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

हिमाल प्रेस २३ भदौ २०८३ २१:२७ | Tuesday, September 8, 2026
कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्यसचिव मनोनयन गरेका छन्।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्यसचिवका रूपमा मनोनयन गरेका हुन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिए।

समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ। पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो।

प्रकाशित: २३ भदौ २०८३ २१:२७ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast