फाइल तस्बिर।
ताप्लेजुङ– ताप्लेजुङमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन्। सत्तागठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका भट्टराई एमालेका केन्द्रीय सचिवसमेत हुन्।
उनले बुढाथोकीलाई २ सय ८ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले २१ हजार ९ सय ४३ मत ल्याएका छन्। ताप्लेजुङमा प्रतिनिधिसभाकाे एउटामात्र निर्वाचन क्षेत्र रहेकाे छ।
प्रकाशित: ७ मंसिर २०७९ १४:४० | Wednesday, November 23, 2022
प्रतिक्रिया




