एमाले उपमहासचिव भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन?

हिमाल प्रेस २९ साउन २०८३ १०:४८ | Friday, August 14, 2026
4
SHARES
एमाले उपमहासचिव भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन?

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकमा सामाजिक अराजकता र राज्यआतंक सिर्जना गरेर नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको त छैन भन्ने प्रश्न उठाएका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै संसद्लाई कमजोर बनाउनेदेखि न्यायालय कब्जा गर्ने, सुरक्षा निकायलाई लाचार बनाउने र प्रेसमाथि सेन्सरसिप लगाउनेसम्मका गतिविधि भइरहेको आरोप लगाएका हुन्।

उनले राज्यका विभिन्न अंग र क्षेत्रमा भइरहेको हस्तक्षेप तथा दबाबलाई एउटै सूचीमा प्रस्तुत गर्दै त्यसले मुलुकको लोकतान्त्रिक र संवैधानिक व्यवस्थामाथि गम्भीर असर पार्न सक्ने संकेत गरेका छन्।

संसदलाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने, कर्मचारीको हुर्मत लिने तथा प्रेसमाथि सेन्सरसिप लगाउने अवस्था सिर्जना गर्न खोजिएको दाबी भट्टराईले गरेका छन्।

त्यस्तै, आफ्नै र अन्य राजनीतिक दललाई किनाराकृत गर्ने, व्यापारी तथा उद्योगीलाई लखेट्ने र नेपालको परराष्ट्र सम्बन्धलाई लथालिंग बनाउने काम भइरहेको पनि उनले आरोप लगाएका छन्।

उनले गरीब तथा सुकुम्बासीको उठिवास लगाउने, कानुन र संविधानको धज्जी उडाउने तथा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वलाई बढावा दिने गतिविधिसमेत भइरहेको उल्लेख गरेका छन्।

भट्टराईले सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र घोषित गर्ने कुनै षड्यन्त्र त भइरहेको छैन भन्ने प्रश्न गरेका छन्।

प्रकाशित: २९ साउन २०८३ १०:४८ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast