कविता शैलीमा बालेनप्रति योगेश भट्टराईको व्यंग्य : बुझिन मैले, बुझाइदेउ कसैले

हिमाल प्रेस २४ साउन २०८३ ७:५३ | Sunday, August 9, 2026
6
SHARES
कविता शैलीमा बालेनप्रति योगेश भट्टराईको व्यंग्य : बुझिन मैले, बुझाइदेउ कसैले

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक्लै परेको स्टाटसबारे व्यंग्य गरेका छन्। उनले प्रधानमन्त्री एक्लो भएकोबारे आफूले नबुझेको बताएका छन्।

१८२ जना प्रतिनिधिसभा सदस्य
एक दर्जनभन्दा बढ़ी मन्त्री
लाखौँलाख सेना, प्रहरी र कर्मचारी
सल्लाहकार र पीए त कति हो कति,

तर पनि एक्लैु, आइतबार बिहान फेसबुकमा उनले लेखेका छन्, ‘बीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए
तर जगत् उनीहरूको पक्षमा थियो।
हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन्
किन होलारु बुझिनँ मैले, बुझाइदेउ कसैले।’ बालेनले मध्यरातमा लेखेको स्टाटसप्रति अहिले टिप्पणी भइरहेको छ।

प्रकाशित: २४ साउन २०८३ ७:५३ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast