घरेलु मैदानमा नेपालविरुद्ध १०३ रनमै अलआउट भयो मलेसिया

हिमाल प्रेस १८ भदौ २०८३ ९:५५ | Thursday, September 3, 2026
घरेलु मैदानमा नेपालविरुद्ध १०३ रनमै अलआउट भयो मलेसिया BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले मलेसियालाई १०३ रनमै अलआउट गरेको छ। मलेसियाको घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ३२ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०४ रनको लक्ष्य दियो।

नेपालका लागि करण केसीले ४ विकेट लिए। ललित राजवंशीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह एरी र हेमन्त धामीले समान १-१ विकेट लिए। मलेसियाका लागि कप्तानसाइद अजिजले बनाएको ३० रन नै सर्वाधिक रह्यो। अकिल वाहिदले २४, विरानदीप सिंह १४ र महम्मद सिहायद १३ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। अबको केहीबेरमा नेपाल ब्याटिङमा आउनेछ।

प्रकाशित: १८ भदौ २०८३ ९:५५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast