रसुवा बाढीपछि मोदी-वालेन्द्र टेलिफोन संवाद,नेपाललाई सहयोगको प्रतिबद्धता

हिमाल प्रेस १० भदौ २०८३ १७:३० | Wednesday, August 26, 2026
रसुवा बाढीपछि मोदी-वालेन्द्र टेलिफोन संवाद,नेपाललाई सहयोगको प्रतिबद्धता

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समकक्षी वालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।

मोदीले बुधबार सामाजिक सञ्जालमार्फत आफूले प्रधानमन्त्री शाहसँग कुरा गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको जानकारी दिएका छन्। उनले कठिन परिस्थितिमा भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीसँग ऐक्यबद्ध रहेको बताएका छन्।

‘नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग कुरा गर्दै गहिरो समवेदना व्यक्त गरेको छु। यो कठिन घडीमा भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीसँग एकताबद्ध छन्,’ मोदीले भनेका छन्।

उनले भारत नेपाललाई आवश्यक पर्ने सबै सम्भावित मानवीय सहायता उपलब्ध गराउन तयार रहेको पनि बताएका छन्। उद्धार तथा राहत कार्यका लागि दुवै देशका टोलीहरूबीच नजिकबाट समन्वय भइरहेको उनको भनाइ छ।

‘भारत नेपाललाई सबै सम्भव मानवीय सहायता उपलब्ध गराउन तयार छ। उद्धार र राहतका प्रयासमा हाम्रो टोलीहरूबीच घनिष्ठ समन्वय भइरहेको छ,’ मोदीले भने।

प्रकाशित: १० भदौ २०८३ १७:३० | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast