काँकरभिट्टा नाका हुँदै अष्ट्रेलिया र भारतबाट भित्रियो खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल

हिमाल प्रेस ७ भदौ २०८३ ६:३७ | Sunday, August 23, 2026
काँकरभिट्टा नाका हुँदै अष्ट्रेलिया र भारतबाट भित्रियो  खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल

काठमाडौँ- पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो ।

आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उनले बताए। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ ।

यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ ।

एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी रु तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा रु १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast