बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

हिमाल प्रेस १५ भदौ २०८३ १५:५५ | Monday, August 31, 2026
बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

काठमाडौँ- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य तथा ताजा तरकारी राहत सामग्री पठाइएको छ।

मन्त्रालयका अनुसार राहत सामग्रीमध्ये विश्व खाद्य कार्यक्रममार्फत मात्रै २९ टन खाद्य सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री सवारीसाधनमार्फत रसुवा र नुवाकोट पठाइएको हो।

यसअघि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा कालीमाटी र बालाजु बजारका व्यवसायीहरूले पनि राहत अभियानमा साथ दिएका छन्।

भदौ १३ गते करिब ३ हजार केजी र भदौ १४ गते करिब २ हजार ५ सय केजी ताजा तरकारी, करिब २० बोरा आलु र एक बोरा प्याज आफ्नै सवारीसाधनमार्फत त्रिशूलीस्थित नेपाली सेनाको गणसम्म पुर्‍याइएको थियो।

त्यसैगरी, करिब २ हजार ८ सय केजी ताजा तरकारी, आलुलगायतका खाद्य सामग्री लिएर व्यवसायीहरूको अर्को टोली पनि बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ।

विपद्को कठिन समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउन मन्त्री चौधरीको पहलमा सम्बन्धित निकाय, व्यवसायी र निजी क्षेत्रसँग समन्वय गरी राहत सहयोगलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले बाढी प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर राहत परिचालनलाई तीव्र बनाइएको बताएकी छन्।

प्रकाशित: १५ भदौ २०८३ १५:५५ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast