वीरगन्जबाट १० महिनामा भित्रियो २० अर्ब ७९ करोडको खाद्यान्न

हिमाल प्रेस २० जेठ २०८३ ११:२४ | Wednesday, June 3, 2026
14
SHARES
वीरगन्जबाट १० महिनामा भित्रियो २० अर्ब ७९ करोडको खाद्यान्न सांकेतिक तस्बिर।

वीरगन्ज- वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो।

चालु आवमा रु १० अर्ब ९४ करोड मूल्य पर्ने धान, रु पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र रु दुई अर्ब ८५ करोडको चामल आयात भएको छ। यसैगरी रु ५९ करोड मूल्यको माल्ट र रु ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

प्रकाशित: २० जेठ २०८३ ११:२४ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast