अहिलेकै शैलीबाट नेकपा चल्न सक्दैन, पुनर्गठन जरूरी छ : झलनाथ खनाल

हिमाल प्रेस ६ भदौ २०८३ १६:४० | Saturday, August 22, 2026
अहिलेकै शैलीबाट नेकपा चल्न सक्दैन, पुनर्गठन जरूरी छ : झलनाथ खनाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपालाई पुनर्गठन र रुपान्तरण गर्नुपर्ने बताएका छन्।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता खनालले पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताए।

पुराना र अग्रज नेताहरूले पद ओगट्नुभन्दा पनि नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा सीमित हुनुपर्ने उनले बताए।

उनले युवा कार्यकर्ताहरू केवल अर्ति–उपदेश सुन्नेमा मात्र सीमित नभई नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलताका साथ अग्रमोर्चा सम्हाल्न अघि बढ्नुपर्ने धारणा राखे।

खनालले समाजवादका नाममा केवल अमूर्त व्याख्या गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट र ठोस कार्यक्रम जनतामाझ ल्याउनुपर्नेमा जोड दिए। त्यस्तै उनले देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको र प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय भइरहेको उल्लेख गरे।

अहिलको अवस्थामा पुराना दलहरु एक भएर अघि बढ्नुपर्नेमा दिशाहीन हुँदै गएको तर्क गरे। कांग्रेस अहिले पनि दुई चिरामा विभाजित रहेको र एकताबद्ध भएर कुनै ठोस निकास दिन सक्ने अवस्थामा नरहेको उनले बताए। त्यस्तै एमालेभित्र पनि बहुमत पंक्ति रूपान्तरणको पक्षमा पुगिसकेको उनले दाबी गरे

प्रकाशित: ६ भदौ २०८३ १६:४० | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast