चोरी गर्ने दुई पक्राउ

हिमाल प्रेस २५ माघ २०७९ ७:१८
2
SHARE
चोरी गर्ने दुई पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका –२६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरुङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका –११ भण्डारीटोल बस्ने सुनसरी इटहरी उपमहानगरपालिका –१८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका –१० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन्।

गुरुङको घरबाट माघ २३ गते नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङबाट चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रुपैयाँ र चोरी गर्न जाँदा प्रयोग गरेका औजारहरूसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाइएको छ।

प्रकाशित: २५ माघ २०७९ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =