कोषका कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

हिमाल प्रेस ५ भदौ २०८३ १६:१० | Friday, August 21, 2026
कोषका कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

काठमाडौँ- नागरिक लगानी कोषका नवनियुत्तः कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।

पदबहालीपछि उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई थप चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए।

कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्‍याउन विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ छ।

कार्यकारी निर्देशक कार्कीले आफूले योभन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेबारीमा रहीसकेको बताउँदै आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

प्रकाशित: ५ भदौ २०८३ १६:१० | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast