महोत्तरी १ मा एमाले र २ मा लोसपाको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ १३:३३ | Wednesday, November 23, 2022
महोत्तरी १ मा एमाले र २ मा लोसपाको अग्रता

काठमाडौँ- महोत्तरीको दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतोले अग्रता कायम गरेका छन्। महतोले ५७६३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले ५०८९ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै जनमत पार्टीका राजकिशोर साहले १३८४ ल्याएका छन्। महोत्तरी २ मा लोकतान्त्रिक समाजवादीका शरतसिंह भण्डारीले ६४१८ मतले अग्रता कायम गरेका छन् भने नेकपा एमालेका रामपरिक्षण यादवले ३०२३ मत ल्याएका छन्।

तराइ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का विजयकुमार सिंहले २७५६ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:३३ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast