काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिन्छ।