सुरक्षासँग सम्बन्धित उजुरी मन्त्रालयमा पठाइने

हिमाल प्रेस ५ भदौ २०८३ १३:५६ | Friday, August 21, 2026
सुरक्षासँग सम्बन्धित उजुरी मन्त्रालयमा पठाइने

काठमाडौँ- संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

साथै सूचना मागका सम्बन्धमा मागिएका विषयहरूको जानकारी समितिका तर्फबाट लिखित रूपमा यसअघि नै उपलब्ध गराइसकिएको र थप विवरण आवश्यक परेमा नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको उनले बताए।

उनले कुनै व्यक्ति विशेषले बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने विगतको अभ्यास नरहेको उल्लेख गरे। बैठकका सम्पूर्ण छलफलहरू अडियो रेकर्डका रूपमा सुरक्षित रहने र मिडियामार्फत समेत सार्वजनिक भइसकेकाले जो–कसैले सन्दर्भ सामग्रीका रूपमा सुन्न वा हेर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ।

त्यस्तै समितिले सदस्यहरुका लागि आगामी भाद्र १८ र १९ गते अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रकाशित: ५ भदौ २०८३ १३:५६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast