काभ्रेमा एक महिनामा ७४ आपराधिक घटना, ७६ पक्राउ

हिमाल प्रेस ५ भदौ २०८३ ७:२४ | Friday, August 21, 2026
काभ्रेमा एक महिनामा ७४ आपराधिक घटना, ७६ पक्राउ सांकेतिक तस्बिर।

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। ती घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ परेका छन् भने ४१ मुद्दा फछ्र्योट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये १८ वटा बैंकिङ कसुरका छन्। चोरी, सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, बोक्सीको आरोप तथा जबर्जस्ती करणीका मुद्दासमेत दर्ता भएका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका २० अभियुक्त पनि पक्राउ परेका छन्।

प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद कार्यान्वयन गर्नुका साथै २९ लाख ६९ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको छ।

सडक सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणका क्रममा ६५९ सवारीसाधनलाई कारबाही गरी ६ लाख एक हजार ५०० रुपैयाँ राजस्व उठाइएको छ।

यस अवधिमा १०७ अवैध घरेलु मदिरा भट्टी नष्ट गरी एक हजार ३९८ लिटर मदिरा र तीन हजार ३५ लिटर कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १९ हजार ९१३ जनालाई सचेत गराइएको छ।

प्रकाशित: ५ भदौ २०८३ ७:२४ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast