काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक काठमाडौँमा जारी छ।
पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा संसद्मा पार्टीका सांसदहरूको गतिविधि तथा भूमिकाबारे छलफल भइरहेको छ।
सदनमा सांसदहरूको पछिल्लो गतिविधिलाई लिएर सभापति लामिछानेले बैठक बोलाएका हुन्। बैठकमा मन्त्रीहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएकाले सरकारमा रहेका सबै मन्त्री सहभागी छन्।
रास्वपाको संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन्।
बैठकमा संसद्मा पार्टीका सांसदहरूको पछिल्लो गतिविधिको समीक्षा, आगामी संसदीय भूमिका, सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: ३ भदौ २०८३ १२:१५ | Wednesday, August 19, 2026
प्रतिक्रिया


