हिन्दू राष्ट्रप्रतिको धारणा सार्वजनिक गर्न देउवालाई राप्रपा प्रवक्ताको अनुरोध

हिमाल प्रेस ३१ साउन २०८३ १३:५६ | Sunday, August 16, 2026
24
SHARES
हिन्दू राष्ट्रप्रतिको धारणा सार्वजनिक गर्न देउवालाई राप्रपा प्रवक्ताको अनुरोध

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आज कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलामा आफू हिन्दु भएको घोषणा गरे। उनले आफूले हिन्दु धर्मअनुसार विवाह गरेको र अहिले पनि हिन्दु धर्मालम्बी नै रहेको बताए। उनले हिन्दु हुँदा भन्दा चर्को गडगडावत ताली पड्किएको थियो। उनको घोषणासँगै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले हिन्दुराष्ट्रप्रतिको धारणा पनि सार्वजनिक गर्न अनुरोध गरेका छन्।

‘८१ प्रतिशत हिन्दु भएको देशमा हिन्दुले ‘म हिन्दु हॅु’ भन्दा ताली र हुटिङ्ग गर्नुपर्ने दिन आयो गॅाठे १ मान्छेहरुलाई धर्मप्रतिको निष्ठामै शंका रहेछ’ उनले भनेका छन्,‘हिन्दु पहिचानका लागि सगौरव हिन्दुराष्ट्रको कुरा गरिएको हो, तपाई हिन्दु भन्ने त थाहा भयो, हिन्दुराष्ट्रप्रतिको धारणा पनि सार्वजनिक गरियोस् देउवा महोदय।’

कांग्रेसको घोषणापत्रमा धर्म निरपेक्षता लेखिएको कारण नेताहरूले धर्म खुलाएका थिएनन्। तर देउवाले एकाएक हिन्दुको हवला दिँदा उनको चर्चा भइरहेको छ।

प्रकाशित: ३१ साउन २०८३ १३:५६ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast