सवारी ज्यान मुद्दामा जनप्रतिनिधि थुनामा

हिमाल प्रेस २४ माघ २०७९ १५:४६
4
SHARES
सवारी ज्यान मुद्दामा जनप्रतिनिधि थुनामा

पोखरा- एक जना जनप्रतिनिधि सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा परेकी छन्। पोखरा ३३ की वडा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो।

गत १३ पुसमा शुक्लागण्डकी गाउँपालिका २ हलेदीमा उनले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो।

सो दुर्घटनामा स्कुटरमा सवार उनकी आमाको उपचारका क्रममा १७ पुसमा निधन भएको थियो।

निजलाई प्रहरीले ८ माघमा पक्राउ गरेकोमा अन्ततः जिल्ला अदालतको आदेशले उनी सहित ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

प्रकाशित: २४ माघ २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =