‘देशमा राष्ट्रिय सहमति आवश्यक छ’

हिमाल प्रेस ३० साउन २०८३ २०:५८ | Saturday, August 15, 2026
16
SHARES
‘देशमा राष्ट्रिय सहमति आवश्यक छ’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताएका छन्।

पश्चिम नवलपरासीमा राप्रपा नवलपरासीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले बताएका हुन्।

लिङ्देनले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए।

देश जटिल र असामान्य अवस्थाबीच गुज्रिरहेका बेला सबै राजनीतिक दल निषेधको मनोभावनाभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटो रोज्नुपर्ने उनले बताए।

राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो। एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रसिद्ध हुने भएको छ।

प्रकाशित: ३० साउन २०८३ २०:५८ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast