सन्दीप कप्तानीमा फर्किँदा टिममा छुटे यी चर्चित नाम

हिमाल प्रेस २६ साउन २०८३ ७:३२ | Tuesday, August 11, 2026
12
SHARES
सन्दीप कप्तानीमा फर्किँदा टिममा छुटे यी चर्चित नाम

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले ४ वर्षपछि सन्दीप लामिछानेलाई कप्तानीमा फर्काएको छ। क्यानले सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गर्दै रोहित पौडेललाई हटाएको हो। यसअघि सन्दीप कप्तान रहदा रोहित उपकप्तान थियो। सन्दीपमाथि मुद्दा लागेपछि रोहितले कप्तानमा बढुवा भएका थिए। नेपालले हालै नेदरल्यान्ड्समा आयोजित लिग २ को महत्वपूर्ण शृंखलामा खराब प्रदर्शन गरेसँगै रोहित पौडेलको कप्तानी खोसिएको छ।

सो भ्रमणमा नेपाल जितविहिन बनेको थियो । परिणामस्वरुप नेपालको एक दिवसीय मान्यता पनि संकटमा परेको छ। सन्दीप कप्तानीमा फर्किँदा अन्य परिचित नाम पनि टिममा समेटिन छुटेका छन्।

एसीसी प्रिमियर कपका लागि घोषित १४ सदस्यीय स्क्वाडमा कुशल भुर्तेल,  सोमपाल कामी, नन्दन यादव, करण केसी, आरिफ शेख, भीम सार्की पनि छुटेका छन् । यादव नेदरल्यान्ड्समा भएको लिग २ शृंखलाका क्रममा घाइते भएका थिए।

युवा खेलाडीहरू अर्जुन कुमाल, सन्दीप जोरा, देव खनाल, बसिर अहमद, ईशान पाण्डे, शेर मल्ल, हेमन्त धामीलगायतको उपस्थिति छ ।

प्रकाशित: २६ साउन २०८३ ७:३२ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast