अनिल साहको कप्तानीमा टप एन्ड टी २० क्रिकेट टोली ‘ए’को घोषणा, कुशल भुर्तेल पनि समेटिए

हिमाल प्रेस २६ साउन २०८३ ७:२२ | Tuesday, August 11, 2026
12
SHARES
अनिल साहको कप्तानीमा टप एन्ड टी २० क्रिकेट टोली ‘ए’को घोषणा, कुशल भुर्तेल पनि समेटिए

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाको डार्बिनमा आगामी अगस्ट २१ देखि ३० तारिखसम्म हुने टप एन्ड टी–२० क्रिकेट टोली ‘ए’को घोषणा गरेको छ ।

अनिलकुमार साहको कप्तानीमा रहेको टोलीमा मयन यादव, दिनेश अधिकारी, कुशल भुर्तेल, प्रतिक सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रासिद खान, नारायण जोशी, आकाश चन्द, साहिल आलम, विपिन खत्री, हेमन्त खत्री र अर्जुन ढकाल रहेका छन् ।

टप एन्ड टी–२० सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमीसँग, अगस्ट २६ मा एसीटी कोमेट्ससँग, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालले गत संस्करणमा पनि उक्त प्रतियोगिता खेलेको थियो ।

टप एन्ड टी २० खेले लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, टासमेनिया र एनटी स्ट्राइकर्सविरुद्ध हुने त्रिकोणात्मक सिरिजमा पनि यही टोलीले प्रतिस्पर्धा गर्ने क्यान सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: २६ साउन २०८३ ७:२२ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast