लुम्बिनीमा धार्मिकसँगै आरोग्य पर्यटन प्रवर्द्धन गरिँदै

हिमाल प्रेस २५ साउन २०८३ ११:०६ | Monday, August 10, 2026
8
SHARES
लुम्बिनीमा धार्मिकसँगै आरोग्य पर्यटन प्रवर्द्धन गरिँदै

रूपन्देही- लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य पर्यटन प्रवर्द्धन अभियान अघि बढाइएको हो।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियानबारे छलफल गरेको छ।

स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनका लागि तयार गरिएका विभिन्न प्याकेजबारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेसलगायत सेवाका विशेषताबारे बताए।

लुम्बिनी प्रदेश होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आरोग्य पर्यटनको बजारीकरणमा ध्यान दिनुपर्ने बताए।

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने बताए।

प्रकाशित: २५ साउन २०८३ ११:०६ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast