खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस २५ साउन २०८३ ८:३५ | Monday, August 10, 2026
12
SHARES
खुल्यो बीपी राजमार्ग बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- लेदोसहितको पहिरो खसेपछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्केमा सडक माथिबाट खसेको लेदोसहितको पहिरो पन्छाएपछि सोमबार बिहान ८ बजेदेखि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक निकिताकुमारी मिश्रले जानकारी दिइन्।

वर्षासँगै सोमबार बिहान करिब ४ बजे पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । वर्षा हुनेबित्तिकै हरेक पटक सोही स्थानमा लेदोसहितको पहिरो खस्ने गरेकाले राजमार्ग अवरुद्ध हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ साउन २०८३ ८:३५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast