ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : ग्यास उद्योग संघ

हिमाल प्रेस २४ साउन २०८३ १७:४५ | Sunday, August 9, 2026
14
SHARES
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : ग्यास उद्योग संघ

काठमाडौँ- नेपाल एपली ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ।

भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न संघले सबैमा आग्रह गरेको हो।

‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन,’ संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी) बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ। पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ। यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।

गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो। उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग संघले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ।

प्रकाशित: २४ साउन २०८३ १७:४५ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast