लोकसेवाको शाखा अधिकृतको परीक्षा स्थगित

हिमाल प्रेस २४ माघ २०७९ ८:०२
2
SHARE
लोकसेवाको शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौँ- माघ २८ गतेदेखि सञ्चालन हुनेगरी तोकिएको राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।

लोकसेवा आयोगले विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको जनाएको हो।

आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुनेगरी तालिका सार्वजनिक गरेको थियो।

प्रकाशित: २४ माघ २०७९ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =