काठमाडौँ- अमेरिकी अलराउन्डर हर्मित सिंहले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन्। जनकपुरले शनिबार आफ्नो समाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्धन गरेको जानकारी दिएको हो ।
जनकपुरले हर्मितलाई कप्तानको जिम्मेवारी पनि दिएको छ । स्पिनर हरमितले पछिल्ला दुई संस्करण सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
हरमितले पहिलो संस्करणमा खेलबाट आठ विकेट लिनुका साथै २८ रन बनाएका थिए । दोस्रो संस्करणमा उनले नौ खेलमा १३३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।
हरमितले अमेरिकाबाट २९ एकदिवसीय अन्तर्राष्ट्रिमा ३९ विकेट तथा २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् ।
प्रकाशित: २३ साउन २०८३ १०:३१ | Saturday, August 8, 2026
प्रतिक्रिया


