स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

हिमाल प्रेस २२ साउन २०८३ ११:०८ | Friday, August 7, 2026
12
SHARES
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु सांकेतिक तस्बिर।

सुर्खेत- नेपालगन्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए। बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो।

वीरेन्द्रनगर नगरपालिका-९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका-४ हर्रे आइपुग्दा बेहोस भएका थिए।

उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि उनको उद्धार गरिएको थियो।

प्रकाशित: २२ साउन २०८३ ११:०८ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast