ग्यास संकटबीच विभागको कडाइ, महँगो मूल्य असुल्ने एभरेष्ट मार्टलाई २ लाख जरिवाना

हिमाल प्रेस २२ साउन २०८३ ७:०४ | Friday, August 7, 2026
6
SHARES
ग्यास संकटबीच विभागको कडाइ, महँगो मूल्य असुल्ने एभरेष्ट मार्टलाई २ लाख जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य असुलेको पाइएपछि काठमाडौँ महानगरपालिका-१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार स्थलगत बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त कारबाही गरिएको हो।

यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्रीवितरण विवरण तथा खरिदबिक्री बिल तीन दिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ।

अनुगमनका क्रममा अन्य केही व्यवसायलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।

खाना पकाउने ग्यासको आपूर्ति तथा बिक्रीसम्बन्धी देखिएका समस्यालाई मध्यनजर गर्दै विभागले अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाहीलाई निरन्तरता दिइने विभागले जनाएको छ।

प्रकाशित: २२ साउन २०८३ ७:०४ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast