ग्यासका लागि मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न रास्वपा सांसदको माग

हिमाल प्रेस २५ साउन २०८३ १६:१३ | Monday, August 10, 2026
8
SHARES
ग्यासका लागि मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न रास्वपा सांसदको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले खाना पकाउने ग्यासका लागि नागरिक मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराइन्।

‘भान्सामा साँझ बिहान छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार?’उनले प्रश्न गरिन्।

एकातिर देशमा उत्पादित विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था विरोधाभासपूर्ण रहेको उनले बताइन्।

‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठूलो बिडम्बना अरू के हुन सक्छ?’ उनले भनिन्।

अधिकारीले ग्यासको समस्या समाधानका लागि सरकारले तत्काल विद्युतीय चुलो अर्थात् इन्डक्सन चुलो वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताइन्।

प्रकाशित: २५ साउन २०८३ १६:१३ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast