दाङमा मोटरसाइकलको ठक्करपछि टिपरले किच्दा युवतीको मृत्यु

हिमाल प्रेस २२ साउन २०८३ ६:०८ | Friday, August 7, 2026
4
SHARES
दाङमा मोटरसाइकलको ठक्करपछि टिपरले किच्दा युवतीको मृत्यु

दाङ- तुलसीपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका-११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुली जानकारी दिए।

बिहीबार तुलसीपुरस्थित गुम्राह चोकबाट मदन आश्रित चोकतर्फ आउँदै गरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई गुम्राहचोक नजिकै ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट स्कुटर चालक केसी अनियन्त्रित भई सडकमा लडेको बेला सोही दिशातर्फ जाँदै गरेको एक टिपरसँग ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन्।

घाइतेलाई उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार मृतकको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकका आफन्तले हालसम्म शव बुझ्न अस्वीकार गरेका छन्।

दुर्घटनामा संलग्न टिपर तुलसीपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ साउन २०८३ ६:०८ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast