ट्रम्प सवार हेलिकप्टर घटनाको छानबिन सुरु

हिमाल प्रेस २१ साउन २०८३ १२:५२ | Thursday, August 6, 2026
14
SHARES
ट्रम्प सवार हेलिकप्टर घटनाको छानबिन सुरु डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) ले अगस्ट ४ मा भएको उक्त घटनामा आवश्यक हवाई दूरी कायम नभएको हुन सक्ने जनाएको छ। ह्वाइट हाउसले भने उडानका कुनै पनि चरणमा राष्ट्रपति ट्रम्पको सुरक्षामा कुनै जोखिम नपरेको  बताएको छ।

संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रक दुवै उडानसँग निरन्तर सम्पर्कमा रहेको र घटनाको विस्तृत समीक्षा भइरहेको जनाएको छ। हाल घटनाको कारण र सुरक्षा मापदण्ड पालना भए नभएको विषयमा अनुसन्धान जारी छ।

प्रकाशित: २१ साउन २०८३ १२:५२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast