काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि यी उम्मेदवार सर्टलिस्टमा

हिमाल प्रेस १९ साउन २०८३ १२:५७ | Tuesday, August 4, 2026
8
SHARES
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि यी उम्मेदवार सर्टलिस्टमा

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको सर्टलिस्ट (संक्षिप्त सूची) सार्वजनिक गरिएको छ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि,२०८३ बमोजिम स्वीकृत दरखास्तमध्येबाट सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नामावली सार्वजनिक गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका समेत प्रकाशित गरिएको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा श्याम पोखरेल, निराजन पराजुली, बालचन्द्र लुइँटेल, विकास कर्मी, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, प्रेमानन्द सेजेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन्।

सूचनाअनुसार उम्मेदवारहरूले प्रस्तुतीकरणका लागि आवश्यक कागजातसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ। प्रत्येक उम्मेदवारलाई १५ मिनेट प्रस्तुतीकरणको समय दिइनेछ र त्यसलगत्तै अन्तर्वार्ता सञ्चालन हुनेछ।

प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौँमा हुनेछ। पहिलो चरण बिहान ८ बजे र दोस्रो चरण दिउँसो १ बजे सुरु हुने तालिका सार्वजनिक गरिएको छ।

यसैबीच, सर्टलिस्टमा परेका उम्मेदवारहरूबारे राय तथा सुझाव दिन इच्छुक सरोकारवालाले साउन २० गतेभित्र सूचनामा उल्लेख गरिएको गुगल लिंकमार्फत आफ्नो सुझाव उपलब्ध गराउन सक्ने सिफारिस समितिले जनाएको छ।

प्रकाशित: १९ साउन २०८३ १२:५७ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast