चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै भलिबल संघ

हिमाल प्रेस १८ साउन २०८३ १६:३० | Monday, August 3, 2026
2
SHARE
चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै भलिबल संघ

काठमाडौँ– नेपाल भलिबल संघले चालु आर्थिक वर्षमा चारवटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

काठमाडौँमा सोमबार आर्थिक वर्ष ०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै संघले चालु आर्थिक वर्षमा नेपालमा सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गर्ने जनाएको हो।

महिला च्याम्पियन्स लिग १ देखि ७ सेप्टेम्बरसम्म काठमाडौँमा हुनेछ। त्यस्तै संघले ३५औँ पुष तथा २५औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा, १०औँ क्लब भलिबल च्याम्पियनसिप, काठमाडौँमा, ११औं प्रधानमन्त्री कप र सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल आयोजना गर्ने समेत जानकारी गराएको छ।

सेप्टेम्बरमा काभा बिच भलिबल खेल्न नेपाली टोली भुटान जानेछ भने जापानमा हुने २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले सहभागी जनाउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

अन्तर्राष्ट्रिय र संघले गर्ने प्रतियोगिताहरू इन्डोरमै गर्नुपर्ने भएकाले भौतिक पूर्वाधार आवश्यक रहेको भन्दै उनले निजी साझेदारीलाई अवलम्बन गर्दै क्यालेन्डर सार्वजनिक गरिएको बताए।

उनले राष्ट्रिय खेल भलिबलको भौतिक पूर्वाधार निर्माणमा नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को ध्यान जानुपर्ने बताए। नोभेम्बरमा आयोजना हुने काभा महिला च्याम्पियन्स लिग जितेमा नेपाली क्लबले सन् २०२७ को एसियन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्ने विश्वास उनको छ।

प्रकाशित: १८ साउन २०८३ १६:३० | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast