शिक्षक सेवा आयोग अध्यक्षमा ६ र सदस्यमा २८ जनाको आवेदन स्वीकृत

हिमाल प्रेस १८ साउन २०८३ ११:०५ | Monday, August 3, 2026
18
SHARES
शिक्षक सेवा आयोग अध्यक्षमा ६ र सदस्यमा २८ जनाको आवेदन स्वीकृत

काठमाडौँ- शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि परेको आवेदनमध्ये योग्यता पुगेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको छ।

शिक्षा तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै साउन ९ गते प्रकाशित सूचनाअनुसार साउन २५ गतेसम्म दर्ता भएका आवेदनहरूको प्रारम्भिक छानबिनपछि शिक्षा ऐन, २०२८ को दफा ११ ग बमोजिम योग्य ठहरिएका उम्मेदवारहरूको आवेदन स्वीकृत गरिएको जनाएको हो। सिफारिस समितिको साउन २५ गतेको निर्णयअनुसार सूची सार्वजनिक गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

अध्यक्ष पदमा ६ जनाको आवेदन स्वीकृत

अध्यक्ष पदका लागि मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरि प्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको आवेदन स्वीकृत भएको छ।

यस्तै,नेपाल सरकारको विशेष श्रेणीको अनुभवसम्बन्धी कानुनी योग्यता नपुगेको भन्दै महेश भट्टराईको आवेदन अस्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

सदस्य पदमा २८ जना योग्य

सदस्य पदका लागि गोपीराज केसी, वीरबहादुर बंशी, गजेन्द्र झा, जीवनप्रकाश रेग्मी, नारायणप्रसाद ढकाल, सरोजकुमार केसी, इन्द्रमणि पोखरेल, डम्बरकुमार बतास, दुर्गाप्रसाद अर्याल, ध्रुवराज रेग्मी, प्रकाश सापकोटा, कृष्ण गोसाई, रामप्रसाद गौतम, रमेशप्रसाद लामिछाने, रामनारायण शाह, डा.मुकुन्दमणि खनाल, सुदर्शन मरहठा, रामाशीष यादव, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमार कार्की, रामकृष्ण पन्थी, रामशरण सापकोटा, प्रेमप्रकाश लामिछाने, एकनारायण शर्मा, हिरामणि शर्मा, डा.कुलप्रसाद खनाल, चन्द्रप्रसाद लुइँटेल र डा.दिव्या दवाडीको आवेदन स्वीकृत भएको छ।

कानुन, शिक्षा वा प्रशासन क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रमाण नपुगेको भन्दै डा.प्रेमसिंह भाटको आवेदन भने अस्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

महिला सदस्य पदमा ५ जना

महिला सदस्य पदका लागि शिवकुमारी बराल घिमिरे, पवित्रा सुवेदी, विष्णु घिमिरे रिसाल, राज्यलक्ष्मी श्रेष्ठ र डा.दिव्या दवाडीको आवेदन स्वीकृत भएको छ। मन्त्रालयले प्रकाशित सूचीअनुसार अब स्वीकृत उम्मेदवारहरू नियुक्ति प्रक्रियाको आगामी चरणमा सहभागी हुनेछन्।

प्रकाशित: १८ साउन २०८३ ११:०५ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast