गाेली चलेको घटना छानबिन गर्न समिति

हिमाल प्रेस १४ साउन २०८३ २०:१५ | Thursday, July 30, 2026
12
SHARES
गाेली चलेको घटना छानबिन गर्न समिति

काठमाडौँ- मधेश प्रदेश प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन तथा अध्ययन समिति गठन गरिएको हो। सो समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र सहायक निरीक्षक गोविन्द झा रहेका छन्।

समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।

गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेको घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको हो। समितिले घटनास्थलको स्थलगत अध्ययन, सम्बन्धित पक्षसँग छलफल तथा आवश्यक प्रमाण संकलन गरी प्रतिवेदन बुझाउनेछ।

प्रकाशित: १४ साउन २०८३ २०:१५ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast