झापाका शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम

हिमाल प्रेस १४ साउन २०८३ १५:५१ | Thursday, July 30, 2026
4
SHARES
झापाका शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम

काठमाडौँ- झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउन शिक्षकलाई विशेष तालिम प्रदान गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श र आवश्यक सहयोगसम्बन्धी तालिम दिन लागिएको हो।

प्रहरी उपरीक्षक वसुन्धरा खड्काले शिक्षकले विद्यार्थीमा देखिने दुर्व्यसनका संकेत समयमै पहिचान गरी प्रारम्भिक परामर्श दिन र सम्बन्धित निकायसँग समन्वय गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको बताइन्। उनले युवालाई लक्षित सचेतनामूलक कार्यक्रम पनि अघि बढाइने जानकारी दिइन्।

प्रहरीका अनुसार हालसम्म जिल्लाका ७१ प्रहरी युनिटका फोकल पर्सनलाई तालिम दिइसकिएको छ भने बिर्तामोड नगरपालिकासँगको सहकार्यमा विद्यालयमा लागुऔषधविरुद्ध सचेतनामूलक सामग्री वितरण गरिएको छ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले लागुऔषधमुक्त समाज निर्माणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।

प्रहरीका अनुसार झापामा हाल थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन्।

प्रकाशित: १४ साउन २०८३ १५:५१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast