सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु

हिमाल प्रेस १४ साउन २०८३ १४:५१ | Thursday, July 30, 2026
6
SHARES
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु

काठमाडौँ- सिरहा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहने प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्। प्रशासनका अनुसार आन्दोलन तथा हुलदंगाका कारण शान्तिसुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले उक्त निर्णय गरिएको हो।

जारी आदेशअनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजारको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ मा रहेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यु लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै जिल्लाको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रशासनले कर्फ्यु आदेशको उल्लंघन हुने कुनै पनि गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

आइतबार राति द्विपक्षीय झडपपछि प्रहरीको गोली लागेर सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए। पछिल्लो समय सुनसरीका १० वटा स्थानीय तहमा कर्फ्यु कायमै रहे पनि बुधबारदेखि देवानगन्जको अवस्था शान्त रहेको छ। यद्यपि त्यसको प्रभावका कारण हिंसा बढ्ने शंकामा सिरहा प्रशासनले पनि कर्फ्यु आदेश जारी गरेको हाे।

 

प्रकाशित: १४ साउन २०८३ १४:५१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast