कस्तो छ नीता र अशोक अभिनित फिल्म ‘पार्वती’को टिजर?

हिमाल प्रेस १४ साउन २०८३ ९:५१ | Thursday, July 30, 2026
6
SHARES
कस्तो छ नीता र अशोक अभिनित फिल्म ‘पार्वती’को टिजर?

काठमाडौँ- नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’को टिजर सार्वजनिक भएको छ। बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो। टिजरमा दिदीभाइको माया दर्शाइएको छ। अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ। पार्वती अर्थात् नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै टिजरमा अटाइएको छ।

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ। यो टिजरलाई साहिल खानले काटेका हुन्। यसअघि यो फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ले दर्शकको मन जितिसकेको छ।

अभिनेत्री नीता ढुंगानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुंगाना स्वयं रहेकी छन्। नीताका साथमा अशोक दर्जी,दीपाश्री निरौला,सिरु विष्ट,राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय गरेको छ।

निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

प्रकाशित: १४ साउन २०८३ ९:५१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast