विदेशी रोबोट तथा इन्भर्टरको आयातमा अमेरिकाले किन लगायो प्रतिबन्ध?

हिमाल प्रेस १३ साउन २०८३ १८:३६ | Wednesday, July 29, 2026
4
SHARES
विदेशी रोबोट तथा इन्भर्टरको आयातमा अमेरिकाले किन लगायो प्रतिबन्ध?

काठमाडौँ – अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ। यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसलाई अवैध कार्यका लागि सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्ने भन्दै अमेरिकाले आयातमा रोक लगाएको हो।

अमेरिकी फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) द्वारा घोषणा गरिएको नयाँ प्रतिबन्धित उपायले आयातित ड्रोन र ताररहीत राउटरलाई लक्षित गर्ने हालैका कार्यहरू पछ्याउँदै विदेशी प्रविधिमा प्रतिबन्धहरू कडा पार्ने ट्रम्प प्रशासनको प्रयास विस्तार गरेको जनाइएको छ।

घोषणा अनुसारका प्रतिबन्धले उन्नत मोबाइल रोबोटहरू समावेश गर्दछ, जसले सौर्य ऊर्जा स्थापनाहरूलाई बिजुली ग्रिडमा जोडन मद्त गर्दछ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई प्रमुख प्राथमिकताहरूसँग मेल खाने र कृतिम बौद्धिकता (एआई) मा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गरी चिनियाँ निर्माताहरूको प्रभुत्व रहेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्ने जनाइएको छ।

राष्ट्रपति ट्रम्पको नेतृत्व पछ्याउँदै, एफसीसीले अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित गर्न आफ्नो भूमिका जारी राख्ने र समय अनुसार कार्यका साथ, एफसीसीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग आवश्यकताअनुसार समन्यवय गरेको एफसीसीका अध्यक्ष ब्रेन्डन कारले विज्ञप्ति मार्फत जनाएका छन्।

ट्रम्प प्रशासनले गरेको अन्तर एजेन्सी समीक्षाले प्रविधिहरूले अमेरिकी आपूर्ति श्रृंखलालाई साइबर कमजोरी पर्दाफास गरी अमेरिकीहरूको निगरानीसम्मका जोखिमहरू सिर्जना गर्न सक्ने बताइएको छ।

निर्णयको एक भागको रूपमा, एफसीसीले राष्ट्रिय सुरक्षा जोखिमका रूपमा मानिने उपकरण र सेवाहरूको सूची अद्यावधिक गरेको छ।

यसले प्रभावित उपकरणहरूको प्राधिकरणलाई रोक्छ र नयाँ निर्दिष्ट उपकरणहरूलाई संयुक्त राज्य अमेरिकामा प्रयोग हुनबाट रोक्ने जनाइएको छ।

एफसीसीले प्रतिबन्धहरू उन्नत रोबोट र पावर इन्भर्टरहरूको नयाँ मोडेलहरूमा मात्र लागू हुने प्रष्ट पारेको छ। यसले सञ्चालनमा रहिरहेका अधिकृत मोडेलहरू प्रभावित नहुने पनि जनाएको छ।

जसले उपभोक्ताहरू र व्यवसायहरूलाई व्यवस्थित उपकरणहरू प्रयोग गर्न जारी राख्न अनुमति दिन्छ भने खुद्रा विक्रेताहरूलाई पहिले नै स्वीकृति प्राप्त गरिसकेका उत्पादनहरू बेच्न सक्षम बनाउँछ। यी उपायहरूले संघीय सरकारको विद्यमान खरिद वा त्यस्ता उपकरणहरूको प्रयोगलाई पनि असर नगर्ने जनााइएको छ।

ट्रम्प प्रशासनले विदेशमा निर्मित ड्रोन र ताररहित राउटरहरूका लागि सुरु गरिएको जस्तै छुट प्रक्रिया पनि स्थापना गरेको छ। उन्नत रोबोट र पावर इन्भर्टरका निर्माताहरूले एफसीसी आवेदन प्रक्रिया मार्फत नयाँ उत्पादनहरूका लागि सशर्त स्वीकृति लिन सक्ने पनि जनाइएको छ।

प्रकाशित: १३ साउन २०८३ १८:३६ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast