प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहितको नाम सर्वसम्मत अनुमोदन

हिमाल प्रेस १३ साउन २०८३ १५:५२ | Wednesday, July 29, 2026
12
SHARES
प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहितको नाम सर्वसम्मत अनुमोदन सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की।

काठमाडौँ- संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरु वाग्ले र राजीव सुब्बाको नाम पनि सर्वसम्मतले अनुमोदन गरेको हो।

संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले निर्वाचनमा निरन्तर सहभागी नहुने राजनीतिक दललाई अनिश्चितकालसम्म दर्तामा कायम राख्न नहुने धारणा व्यक्त गरे। उनका अनुसार लोकतान्त्रिक अभ्यासमा सक्रिय नहुने तथा निर्वाचनमा सहभागिता नजनाउने दलको दर्ता खारेज गर्न कानुनी व्यवस्था आवश्यक छ।

कार्कीले दल दर्तासम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी स्पष्ट आधार र मापदण्ड तय गर्ने प्रतिबद्धता जनाए। दल व्यवस्थापनलाई थप जिम्मेवार, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ निष्क्रिय राजनीतिक दलबारे कानुनी पुनरावलोकन गरिने उनले बताए।

प्रकाशित: १३ साउन २०८३ १५:५२ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast