आईसीसी विश्वकप लिग २ : नेदरल्यान्ड्स भ्रमणमा घरेलु टोलीसँग बिदाइ खेल खेल्दै नेपाल

हिमाल प्रेस १३ साउन २०८३ ७:१० | Wednesday, July 29, 2026
8
SHARES
आईसीसी विश्वकप लिग २ : नेदरल्यान्ड्स भ्रमणमा घरेलु टोलीसँग बिदाइ खेल खेल्दै नेपाल

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। दिउँसो पौने ३ बजे सुरु हुनेछ। यसअघि तीनवै खेलमा पराजित भएको नेपालले आज नेदरल्यान्ड्ससँग चौथो खेल खेल्न लागेको हो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग तीन रनले पराजित भयो।

दरल्यान्ड्सको युट्रेच्ट शहरस्थित स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा नामिबियाले दिएको २१२ रनको लक्ष्य नेपालले पछ्याउन सकेन । ५० ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाउँदै मात्र २०८ रन जोड्न सक्यो। जसका कारण करण केसीको ‘फाइभ विकेट हउल’ अर्थहीन रह्यो

लगातार तेस्रो हारसँगै अंकतालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन मोडतिर धकेलिएको छ। पाँच खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले २४ अंकसहित छैटौं स्थानमा छ। समान खेलमा नामिबिया २६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। तीन खेल कम खेलेको ओमान ३१ अंकसहित चौथो स्थानमा छ।

अंकतालिकाको शीर्ष चारमा अटाउने टोलीले सोझै अर्को वर्षको आइसिसी विश्वकप छनोट खेल्न पाउने सेटअप छ।

यसअघि पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो।

प्रकाशित: १३ साउन २०८३ ७:१० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast