काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु शृंखलाअन्तर्गत स्कटल्यान्डसँग खेलमा टस हारेर बलिङ गर्ने भएको छ।
कीर्तिपुरको टीयू क्रिकेट मैदानमा स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपाली टिमको प्लेइङ ११ मा परिवर्तन छैन। यसअघि अमेरिकासँगकै खेलाडीलाई निरन्तरता दिएको छ। यसअघिको स्कटल्यान्डसँगको खेलमा २ रनले नेपाल हारेको थियो।
यस्तो छ नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
प्रकाशित: ४ जेठ २०८३ ९:१५ | Monday, May 18, 2026
प्रतिक्रिया




